राजनीति

ओलीको बाटोमा हिड्दै प्रचण्ड–देउवा,जसपालाई प्रधानमन्त्री दिए सरकार बन्ने, नत्र चुनावमै जाने ओलीको दाउ(भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिनुपर्ने बेला मुलुकको राजनीति पुनः एक पटक निर्णायक मोडमा आईपुगेको छ । जनता समाजवादी पार्टी (जसपा)ले विवाद हलको प्रयास थालेपछि राष्ट्रिय राजनीतिमा विभिन्न सम्भावनाहरु देखिन थालेका छन् ।

जसपाको महन्थ ठाकुर पक्षलाई सरकारमा सामेल बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत पु¥याउने प्रयत्न गरिरहेकै बेला मंगलबार जसपाका दुई अध्यक्ष एक भएर जाने अठोट लिए । तत्काल सरकारमा नजाने र अवसर आए आफ्नै नेतृत्व बाहेकको वैकल्पिक सरकार पनि नबनाउने जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको सहमतिले ओलीलाई झस्काई दिएको छ । संसदको अंकगणितलाई हेर्दा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन जसपा निर्णायक छ ।

एमालेसंग १२१ सांसद छन् । हाल ३२ सांसद रहेको जसपाले एक भएर साथ दिएको खण्डमा प्रधानमन्त्रीले सुविधाजनक बहुमत पाउँछन् । तर उपेन्द्र यादव पक्षले साथ दिने देखिदैन । तथापी १५ सांसद रहेको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले साथ दिए ओलीलाई बहुमत पुग्छ । जसका लागि यो पक्षले ओलीको आगामी कदम र आफ्ना मागप्रतिको सम्बोधनलाई नियालीरहेको छ ।

एमालेभित्रको विवाद समाधान उन्मुख रहेका बेला माधव नेपाल पक्षले मात्रै प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएर बहुमत पुग्दैन । अझ एमालेभित्र चर्किएको शक्ति संघर्ष मत्थर पार्न ओली लचक देखिएपनि आफुलाई प्रयोगमात्रै गरेको हुनसक्ने डर माधव पक्षसंग अझै छ । माधव पक्षले कार्यदलमार्फत समाधान नभए एक महिनाभित्र राजीनामाको अस्त्रलाई फेरि उठाउने यसअघि नै बताएको छ । तर अहिलेको अवस्थामा एमाले एक भएर विश्वासको मत पु¥याउन सहयोग गर्ने माधव पक्षको दाबी छ ।

प्रतिनिधिसभामा अहिलेको अंकगणितले जसपाको सिंगो समर्थन जतातिर हुन्छ, मुलुकको राजनीतिक परिदृश्य त्यतैतिर ढल्कने स्थिति छ । ठाकुर र यादवको समझदारीले ओली नेतृत्वको सरकारले निरन्तरता नपाउने र मुलुक मध्यावधि निर्वाचनतिरै धकेलिने सन्देश दिएको छ । तर विपक्षीहरु संविधानको धारा ७६ (५) पनि कायमै रहेकाले बहुमत पु¥याउन सके सरकार गठनको विकल्प देखिरहेका छन् । यसका लागि माओवादी र कांग्रेसले जसपालाई प्रधानमन्त्री दिएर जानुपर्नेछ ।