कोरोना विशेष

भेरोसेलको पहिलो डोज लगाएर उपत्यका बाहिर रहेकाले लगत टिपाउनू : स्वास्थ्य मन्त्रालय


काठमाडौ – कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनुपर्नेहरुलाई लगत टिपाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति मार्फत पहिलो मात्रा लगाएका व्यक्तिहरु विभिन्न कारणले उपत्यका बाहिर रहेकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनु पर्ने व्यक्तिहरुको लगत सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरुमा टिपाउन आग्रह गरेको हो ।

‘हालको संक्रमणको अवस्था र जिल्ला अनुसार निषेधाज्ञा भएकोले आवतजावतमा संवेदनशिल हुनुपर्ने अवस्था छ । त्यसैले भेरोसेलको दोस्रो मात्रा लगाउनु पर्ने व्यक्तिहरुले आफ्नो स्थानिय तहका स्वास्थ्य संयोजकहरुमार्फत् जिल्ला स्वास्थ्य कार्यालयहरुमा लगत टिपाउनु हुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भेरोसेलको दोस्रो मात्रा लगाउनेहरुको लगत तयार भएपछि प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिनेबारे जानकारी दिनुभयो । उहाँले खोप लगाउने व्यक्तिहरुलाई सवारीसाधन पास बनाएर आवतजावतको व्यवस्था नगरिदिन समेत सम्बन्धित प्रशासन कार्यालयहरुलाई अनुरोध गर्नुभएको छ ।