राजनीति

पार्टीविरुद्ध मत खसाउने कल्पना बहिरको कुरा : प्रधानमन्त्री ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई राष्ट्रियसभामा मतदान गर्न आग्रह गरेका छन्। बुधबार अपिल सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले बादललाई मतदान गर्न पार्टी पंक्तिलाई अपिल गरेका हुन् । बिहीबार राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि निर्वाचन हुँदैछ।

‘बादल नेपाली कम्युनिस्ट आन्दोलनका एकजना वरिष्ठ नेता हुनुहुन्छ। उहाँको जितले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकता बनाउन बल पुर्याउनेछ,’ उनले भनेका छन्त ‘सर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजय बनाउनु हुन आग्रह गदर्छु।’

ओलीले पार्टीको निर्यणको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय पार्टीमा कल्पना बाहिरको कुरा भएको भन्दै यसो गरेको पाइएमा स्वीकार्य नहुने बताएका छन्। ‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइनु लाखौँ जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना भन्दा बाहिरको कुरा हो’ ओलीले अपिलमा भनेका छन्,’यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अपनाउने कुनै पनि पार्टीलाई स्वीकार्य या क्षम्य हुनै सक्दैन।’

२०७४ सालको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए। उनी नेकपा एमाले प्रवेशसँगै माओवादीले कारवाही गरेपछि पदमुक्त भएका हुन्।

May be an image of text
May be an image of text