देश

प्रहरीका पूर्व आईजीपी बरालको देहावसान


काठमाडौँ – नेपाल प्रहरीका पूर्व आईजीपी खड्गजीत बरालको बुधबार बिहान पौने १० बजे आफ्नै निवास महाराजगञ्जस्थि देहावसान भएको छ । उहाँको देहावसान बारे नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी गराएका हुन् ।

केही समयदेखि अस्वस्थ हुनुभएको बरालको आज नै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने उहाँको नाति पुजन बरालले जनाएको छ । गत वैशाख ५ गते उहाँको ९३ औँ जन्मोत्सव मनाईएका् थियो । उहाँको निधनले नेपाल प्रहरीले एक आदर्श व्यक्तित्व गुमाएको प्रहरी प्रवक्ता कुँवरले प्रतिक्रिया दिएका छन् ।