काठमाडौँ – नेपालको पूर्वी जिल्ला मोरङमा पर्ने रङ्गेली नगरपालिकामा एक महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । बुधबार बिहान करिब ८ बजे रङ्गेली नगरपालिका ३ तिलुवा चौक नजिक रहेको पानी नभएको नहरमा महिलाको शव विभत्स अवस्थामा भेटिएको हो।
उक्त भेटिएको शव रङ्गेली नगरपालिका–३ बस्ने बेचन यादवकी २४ वर्षीया पत्नी अनिता यादवको रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताएका छन् । उनका अनुसार घटनाको विषयमा अनुसन्धान भइरहेको हुँदा अहिले नै केही भन्न सकिने अवस्था छैन । यसबारे थप अनुसन्धान भएपछि मात्र शवको तथ्य बाहिर आउने उनले बताएका छन् ।
नहरमा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।
प्रतिक्रिया