देश

२ लाखको अक्सिजनमा ४० लाख कमिशन खाने घुसखोरी निलम्बनमा किन परेनन्, छानबिन सुस्त(भिडियोसहित)


काठमाडौँ – सल्यानमा जम्मा दुई लाख रुपैयामात्रै पर्ने अक्सिजन कन्सन्ट्रेटरलाई ४० लाखमा किनेर सरकारको ३८ लाख रुपैया हिनामिना गरेको भेटिएको छ । कोरोना महामारी सँग जुधिरहेको बेला केहि व्यापारी र कर्मचारीको मिलेमतोमा सरकारी बजेटमा अनियमितता गरिएको पाइएको हो ।

तपाईँले तस्बीरमादेखिरहनु भएको यो बाकस जस्तो उपकरणको नाम हो अक्सिजन कन्सन्ट्रेटर । यसलाई कतिपयले अक्सिजन सिस्टम जनेरेटेर पनि भन्ने गर्छन । तर यहीँ उपकरणलाई अक्सिजन प्लान्ट भनेर सल्यानमा करिब ४० लाखको घोटाला गर्न खोजिएको छ । तस्बीरमा देखिएको यो उपकरणको बजार मुल्य करिब २ देखि ४ लाखसम्म पर्छ ।अझ अलिबाबा नामको एक अनलाइन सपिङ कम्पनीले यो उपकरण बढीमा २ लाख ४६ हजारदेखि २ लाख ८२ हजारसम्ममा उपलब्ध गराउँदै आएको छ ।

तर यहीँ उपकरणलाई अक्सिजन प्लान्ट भनेरस्वास्थ्य सेवा कार्यालय सल्यानले करिब ३८ लाख ९९ हजारमा किन्यो र सल्यानीहरुलाई मजैले झुक्याईयो । अक्सिजनकोचरम अभावभएर कोरोना संक्रमणबाट मृतकको संख्या उल्लेख्य बढीरहेको सल्यानमागत पुस १३ गते क्याटलग विधिबाट स्वास्थ्य सेवा कार्यालयले अक्सिजन प्लान्ट जडानका लागि प्रस्ताव पेश गर्न टेन्डर आह्वान गरेको थियो । टेन्डर आह्वानमा तीनवटा कम्पनीको प्रस्ताव पेश भएपनि ड्रागन मेडिकल प्रा.लि सुर्खेतले हात पा¥यो ।

तर कम्पनी र स्वास्थ्य सेवा कार्यालयका कर्मचारीले झुक्याएर अक्सिजन प्लान्ट भनेर कन्सन्टे«टर ल्याएर जडान गरिदिए । कम्पनी एक्लैले यो काम गर्न सम्भव थिएन । त्यसैले उसलाई स्वास्थ्य सेवा कार्यालयकै कर्मचारीहरुले साथ दिए । कम्पनीसंगको मिलेमतोमा लाखौं कमिशन खाने योजना बनाएकास्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठ, खरिद समितिका संयोजक तारा रिजाल र लेखापाल लबविक्रम शाही घोटालाका मुख्य योजनाकार देखिन्छन् ।

कम्पनी एक्लैले चाहेर साढे २ लाखको उपकरण करिब ४० लाखमा खरिद गर्ने अवस्था थिएन । किनकि सम्झौता गर्दा उपकरणको गुणस्तरियता, मापदण्ड र कागजात मिलाउने प्रक्रियामा कार्यालयले धेरै पटक सोचेको हुनपर्छ । घोटाला प्रकरणमा कर्मचारी, खरिद गर्ने कम्पनी र बायोमेडिकल इन्जिनियरबाहेक यसमा कर्णाली प्रदेशको समाजिक विकाश मन्त्रालय, प्रदेशको स्वास्थ्य विभागको भूमिका पनि रहेको कतिपयका आशंका छ । तर यस्तो बेला आरोपितहरुलाई निलम्बन गरेर आवश्यक छानबिन गर्नुपर्ने भएपनि त्यसो हुन नसक्दाकारबाही हुनेमा आशंका व्याप्त छ ।।