देश

जसपा संसदीय दलको नेतामा महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता भएको छ ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले महतो संसदीय दलको नेता चयन भएको पत्र मंगलबार संसद सचिवालयमा पठाउनुभएको थियो ।

उक्त पत्र संसद सचिवालयले दर्ता गरेको छ । जसपाका ३४ मध्ये २१ सांसद सहभागी बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो ।