राजनीति

कांग्रेस संसदीय दलको बैठक बुधबार बस्ने


काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक जेठ ५ गते (बुधबार) बस्ने भएको छ। बैठक संसद भवन ल्होत्से हल बानेश्वरमा दिउँसो २ः३० बजे बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जानकारी गराएको छ ।

कार्यालयले आज संसदीय दलका सदस्यहरुलाई बैठकमा उपस्थित हुन भन्दै सूचना प्रकाशित गरेको हो ।