राजनीति

ओली सरकारले कुनै पनि नीति/कार्यक्रम र बजेट पास गर्न सक्दैन : भट्टराई


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले ओली सरकारले कुनै पनि हालतमा नीति कार्यक्रम र बजेट पास गर्न नसक्ने बताउनु भएको छ ।

मुलुक गम्भीर संकटमा फसेको बताउँदै भट्टराइले अन्त्यहीन राजनीतिक गतिरोध भएकाले बजेट पास गर्न नसक्ने बताउनु भएको हो । ओली सरकारले नीति/ कार्यक्रम र बजेट पास गर्न सक्छः न वैकल्पिक सरकार बन्न, उहाँले भन्नुभयो ।’

भट्टराइले ट्विट गर्दै देश गम्भीर संकटमा फसेको उल्लेख गर्नुभएको छ । एकातिर कोरोना महामारी, अर्कोतिर अन्त्यहीन राजीनतिक गतिरोधले देशलाई थप संकटमा धकेलेको उहाँले बताउनुभयो । संविधानका स्तम्भ एकएक ढल्दै गएको, सबै पार्टीरदल निरिह भएको भट्टराइको भनाइ छ ।