काठमार्डाँ – कोरोना महामारी जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको सरकारले स्वास्थ्य मापदण्ड पालनामा पनि कडाइ गरेको छ । फलस्वरुप यसअवधिमा मास्क नलगाई हिड्नेहरुबाट ६ लाख रुपैया संकलन भएको छ भने ३० हजार गाडी होल्डमा परेका छन् ।
सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि भन्दै निषेधाज्ञा जारी गरेको १९ दिने पुरा भईसकेको छ । बीचमा कतिपयले निषेधाज्ञाको पुर्ण पालना नभएको भन्दै आलोचना पनि गर्ने गरेका छन् । तर अहिले निषेधाज्ञाको पूर्णरुपमा पालना भएको काठमाडौं जिल्ला प्रशासनले दाबी गरेको छ । नेपाल प्रहरीले मास्क नलगाउने व्यक्तिहरुलाई कारबाही गरी ६ लाख रुपैयाँ जरिवाना गरिसकेको तथा निषेधाज्ञाको उल्लंघन गर्ने ३० हजार सवारी साधनलाई हालसम्म होल्डिङमा राखिएको छ ।
प्रशासनले यस्तो बताइरहँदा निषेधाज्ञाको बीचमै संक्रमणदर र मृत्युदरमा भने कुनै कमी आएन । यता विज्ञले पनि सरकारले कडाइ गर्न खोजे पनि मानिसहरुको व्यवहार अझै परिवतर्न नभएको बताउँछन् ।
सडकमा भने निषेधाज्ञाको पालना प्रभावकारी भएको देखिदैन । निषेधाज्ञा कै बीचमा संक्रमणदर उच्च पुग्नु र गाउँ गाउँ सम्म संक्रमण फैलिनुको मुख्य दोष निषेधाज्ञा खुकुलो हुनु नै हो । यसर्थ नाम मात्रको निषेधाज्ञालाई थप कडाइ गर्न पुनः विचार गर्ने कि ? ।
प्रतिक्रिया