राजनीति

सरकार अन्तर्राष्ट्रिय सहयोग ल्याउन असफल भएको विपक्षीको आरोप(भिडियोसहित)


काठमाडौँ – नेपाल कोरोना महामारीले हायालकालय बन्दा समेत सोचेजस्तो वैदेशिक सहयोग प्राप्त हुन सकेको छैन । दुई छिमेकी मुलुकमध्ये चीनले महामारीलाई परास्त गरिसकेको छ भने भारतको अवस्था नेपालको भन्दा कम छैन । भारत आफै अफ्यारोमा रहेकोले सहयोगको अपेक्षा गर्न सकिंदैन तर सहयोगको हैसियत राख्ने चीनबाट भने नेपालले पर्याप्त मात्रामा सहयोग प्राप्त गर्न नसक्नु सोचनिय विषय छ ।

देश कोरोना महामारीले हायलकायल हुँदा समेत सहयोगका लागि कुटनितिक संयन्त्रहरुलाई प्रभावकारी बनाउन नसकेको आक्षेप सरकारले खेप्दै आएको छ । स्रोत र साधनले सम्पन्न छिमेकी मुलुकले समेत विपदको यो घडिमा अपेक्षित सहयोग नगर्नुले सरकारको कार्यक्षमतामाथि प्रश्न उठ्ने विपक्षी दलका नेताहरुले टिप्पणी गरेका छन । ७२ सालको भूकम्पका बेला प्राप्त अन्तर्राष्ट्रिय सहयोग र त्यो भन्दा ठुलो कोरोना महामारीका बेलाको मौनताले दुई सरकारको मुल्यांकन गर्न सकिने उनीहरुको भनाई छ ।

अहिले विश्वका धेरै मुलुक कोरोना महामारीसँग जुधिरहँदा चीनले मात्र यसविरुद्ध विजय पाएको छ । तर त्यसको फाईदा नेपालले लिन सकेको छैन । विगतका दिनहरुमा बढेको चीनकोे संक्रियता पनि यतिवेला खासै देखिएको छैन । नेपाल चीनतर्फ ढल्किएको र नेपाल कम्युनिष्ट पार्टी चिनियाँ कम्युनिष्ट पार्टीकै भातृ संगठन जस्तो भएको विगतका कुराले समेत यतिवेला काम गर्न सकेका छैनन् । बैशाख २४ मा बेईजिङमा आयोजित चिनिया परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुवाङ वन पिनले नेपालमा तिब्र रुपमा फैलिएको कोरोनाप्रति आफ्नो ध्यानाकर्षण भएको र सक्दो सहयोग गर्ने बताएका थिए ।

तर यो बीचमा ३५ सय अक्सिजन सिलिन्डरबाहेक अन्य सहयोग प्राप्त हुन सकेको छैन । जस्लाई नेपालकै कमजोरीको रुपमा लिन्छन् कुटनितिज्ञहरु । चीनले लगातार सहयोग गरिरहेको तर नेपालले सहयोग लिन नजानेको उनीहरुको तर्क छ । राजनितिक दल र सरकार स्तरबाटै दबाब सिर्जना गर्ने र राजदूतको संक्रियता अझ बढ्नु पर्नेमा उनीहरुको जोड छ । राजनितिक फेरबदलमा देखिने संक्रियता र महामारीका बेला गर्ने सहयोगको संक्रियतामा आकाश जमिनको फरक हुने जानकारहरु बताउँछन ।

हुन त यो बीचमा बैशाख २३ गते नेपाली दुतावासको टोलीले त्यहाको सहयोग प्रस्ताव गर्ने निकायमा पुगेर खोप माग गर्नुबाहेक अन्य कदम चाल्न सकेको छैन । त्यस्तै सरकारले पनि सहयोगका लागि प्रभावकारी पहल गर्न सकेको छैन । फलत विश्वको महाशक्तिराष्ट्रको छेवैमा बसेर पनि उसको अनुभव र सहयोग लिनबाट नेपाल बन्चित बन्दै आएको छ ।