कोरोना विशेष

कोरोना संक्रमितको पहिचान र उपचार गर्न चिकित्सकको टोलीसहित गोरखा पुगे नारायणकाजी


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमितको पहिचान, उपचार र परामर्शका लागि चिकित्सकको टोलीसहित गोरखा पुग्नुभएको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि चिकित्सकको टोलीसहित श्रेष्ठ गोरखा पुग्नुभएको हो ।

सोमबार गोरखा पुगेको श्रेष्ठ नेतृत्वको टोलीले जिल्लाको पालुङटार नगरपालिकाबाट आफ्नो सेवा सुरु गर्नेछ। दुई जना एमबीबीएस चिकित्सक, प्रयोगशाला प्राविधिक र केही स्वयंसेवक युवाहरु लिएर श्रेष्ठ गोरखा पुग्नुभएको छ ।

श्रेष्ठले कोरोना संक्रमण पुनः तीब्र भएपछि यसको रोकथाम र बिरामीको उपचारमा सरकार गम्भीर बन्नुपर्नेमा आवाज उठाउँदै आउनुभएको छ ।