काठमाडौँ – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।
चारजना मध्ये दुई जना अस्पतालको इमर्जेन्सी वार्डमा र २ जनाको बुटवल धागो कारखानाको कोभिड अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना पुरुष र दुई जना महिला रहेका छन् ।
वैशाख ३१ गते कोरोना संक्रमण पुष्टी भई जेठ २ गते अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका सैनामैना नगरपालिका १ का ३८ वर्षिय पुरुषको सोमबार बिहान ६ः३० बजे र वैशाख २३ मा संक्रमण पुष्टि भएकी सोही पालिकाका १ मा बस्ने ७७ वर्षकी महिलाको जेठ २ गते दिउसो १ः३५ मा मृत्यु भएको हो । उनी वैशाख ३० गते धागो कारखानाको कोभिड अस्थायी अस्पताल भर्ना भएकी थिइन् ।
यस्तै वैशाख २० गते इमर्जेन्सी वार्डमै भर्ना भएकी सिद्धार्थनगर नगरपालिका १३ की ६५ वर्र्षकी महिलाको सोमबार बिहान ६ः४५ मा र वैशाख २८ गते कोरोना संक्रमण देखिएका बुटवल–३ का ५६ वर्षका पुरुष जेठ २ गते दिउसो कोरोना अस्पताल भर्ना भएकामा सोही दिन साँझ ७ः५४ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले जानकारी दिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३५५ पुगेको छ ।
प्रतिक्रिया