राजनीति

२८ औं मदन–आश्रित स्मृति दिवस : मदन भण्डारीका योगदान दूरगामी महत्वका


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका तत्कालीन महासचिव मदन भण्डारीका योगदानहरु दूरगामी महत्त्वका रहेको बताएका छन्। २८ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा जारी प्रेस वक्तव्यमा ओलीले भण्डारी नवीन विचारका प्रतिवादक र मौलिक सिद्धान्तका अन्वेषक भएको उल्लेख गरेका छन्।उनले ३ वर्षअघि आजकै दिन कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने अभियान सुरु गरेको भएपनि कतिपय नेताको विभाजनकारी क्रियाकलापका कारण सफल हुन नसकेको बताएका छन्।
२०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो । त्यही दिनको सम्झनामा आज २८औँ मदन–आश्रित स्मृति दिवस मनाइँदैछ । त्यसै अवसरमा पार्टीको केन्द्रीय कार्यालय मदननगर, बल्खुमा रहेको मदन–आश्रितको शालिकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माल्यार्पण गरेका छन् ।