राजनीति

कर्णालीमा नवनियुक्त मन्त्रीको शपथ आज


काठमाडौँ – कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीहरुले सोमबार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। कर्णालीमा हिजो दुई मन्त्री थपिएको थियो ।

मुख्यमन्त्री शाहीले हिजो नेकपा माओवादी केन्द्रका सचेतक सीता नेपालीलाई आन्तरिक मामिला तथा कानून र युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् भने गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए । सामाजिक विकास र उर्जा तथा जलस्रोत मन्त्रालय नेपाली कांग्रेसलाई दिइने गरी मुख्यमन्त्री शाहीले आफुसँग राखेका छन् ।