राजनीति

प्रधानमन्त्री ओलीलाई पुनः शपथको मागसहित कानून व्यवसाय पुगे सर्वोच्च


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शपथ लिनुपर्ने मागसहित कानून व्यवसायीहरु रिट लिएर सर्वोच्च अदालतमा पुगेका छन् ।

वरिष्ठ अधिवक्ता चन्द्राकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, केशर जंग केसी, विरभद्र जोशी, सन्तोष भण्डारी लगायतले ३ वटा छुट्टाछुट्टै रिट लिएर सर्वोच्च पुगेका हुन् ।

गत शनिबार फेरि पनि प्रधानमन्त्री नियुक्ति भएपछि लिनुभएको गोपनियताको सपथ वदर गरि पुनः सपथग्रहण गर्नुपर्ने माग रिट निवेदनमा उल्लेख छ ।