राजनीति

एमाले विवाद मिलाउन कार्यदल गठन,को-को परे ?


काठमाडौँ – नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा अध्यक्ष ओली समूहबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । खनाल–नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

आइतबार सिंहदरबारमा बसेको एमाले अध्यक्ष र वरिष्ठ नेता माधव कुमार नेपालबीचको ‘वान टु वान’ वार्ताले दुबै तर्फबाट ५–५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको हो ।

वार्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले विवाद समाधानका लागि कार्यदल बनाइएको बताउनुभयो । अध्यक्ष ओलीका तर्फबाट कार्यदलको नेतृत्व संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले गर्ने छन् भने नेपाल समूहको नेतृत्व भीमबहादुर रावलले गर्ने छन् ।