राजनीति

ओली र नेपालबीच सिंहदरबारमा ‘वान टू वान’ वार्ता सुरु


काठमाडौँ – प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान टू वान’ वार्ता सुरु भएको हो ।

शुक्रबार दुई समूहका नेताहरु सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको छ । ओली र नेपालबीच पार्टीलाई २०७५ जेठ २ को वरपरको अवस्थामा फर्काएर विभाजनउन्मुख अवस्थालाई रोक्ने उद्देश्यले वार्ता भइरहेका छन् । दुई नेताले कार्यदलमार्फत विवाद समाधानको मस्यौदा माग्ने सहमति बमोजिम आज कार्यदल गठन हुने सम्भावना छ ।