राजनीति

कार्यदल गठनको बैठक पर धकेलियो


काठमाडौँ – नेकपा एमाले भित्र रहेको आन्तरिक विवाद मिलाउन एकताका लागि गठन गर्ने भनिएको कार्यदल गठनको बैठक पुन एक पटक फेरी धकेलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठकमा गृहमन्त्री रामबहादुर थापा बादललाई पनि सहभागी गराएपछि बैठक धकेलिएको हो ।
ओलीको यस्तो कार्यले २०७५ जेठ २ मा फर्कन ओलीले अनिच्छा देखाएको खनाल–नेपाल समूहले निष्कर्ष निकालेका छन् । यही कारणले शुक्रबार नै गठन गर्नुपर्ने कार्यदल शनिबार पनि गठन हुन सकेन । कार्यदलमा बादल पनि सहभागी गराइए अस्वीकार गर्नुपर्ने केही सदस्यहरूको मत रहेको खनाल–नेपाल समूहका नेता बताउँछन् ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले शुक्रबार र शनिबार केन्द्रीय सदस्यहरूसँग जुम मिटिङमार्फत् छलफल गरेको थियो । भर्चुअल बैठकमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति शङ्का व्यक्त गरेका छन् ।