राजनीति

एमालेको भविष्य,ओलीको जालमा फेरि फस्ने माधव पक्षको डर


काठमाडौँ – नेकपा एमाले पुनर्मिलनको बाटोमा फर्किएको छ । दुई समूहविच जारी विवाद हल गर्न कार्यदल बनाउदै पार्टीलार्य एकजुट बनाउन कोसिस थालिएको हो । तर दुवै पक्षको स्वार्थ पुरा नहुँदा झाँगिएको आन्तरिक विवाद कसरी टुंगिएला त ?
नेकपा एमाले विभाजनको डीलमा पुगेर फर्किएको छ । तत्कालका लागि एमाले पार्टी जुटेरै अघि बढ्ने संकेत मिलेको छ । तर जुटाईको खास आधारहरु भने दुवै पक्षले भेटेका छैनन् । दुवै पक्षको अडान यथावत छ । शीर्ष नेताले वार्ता गरेको भोलिपल्ट शुक्रबार साँझ सिंहदरबारमा दुई पक्षका नेताहरुले तीन घण्टासम्म सामुहिक वार्ता गरे । सो वार्तामा माधव पक्षको माग बमोजिम अध्यक्ष ओली पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन तयार रहेको नेताहरुले प्रतिक्रिया दिएका छन् । एमालेमा पार्टी जुटको पछिल्लो प्रयासले पार्टीका कतिपय नेता–कार्यकर्तालाई विभाजन टर्यो भन्ने लागे पनि कतिपयले चाहिँ यसलाई विवाद पछाडि धकेल्ने चालबाजीका रुपमा बुझेका छन् । कतिपयले ओलीको सुनियोजित गोलचक्करमा माधव पक्ष फस्न नहुने अडान समेत लिइरहेका छन् । माधव पक्षीय नेतृ रामकुमारी झाँक्रीले त ओलीको चालबाजीलार्य सही ढंगबाट बुझ्न जरुरी रहेको र आत्मसमर्पणको बाटोमा जानु कम्युनिष्ट आन्दोलनको विरुद्धमा हुने प्रतिक्रिया जनाएकी छिन् ।

ओलीको पेलाईका कारण सांसद पदबाट राजीनामा नै गर्ने निर्णयमा पुगिसकेको माधव पक्षका नेताहरु पुन ओलीको नरमपनमा भुलेका छन् । यसबाट बच्नकै लागि तल्लो तहका नेताहरुले नेतृत्वलाई सचेत गराएका हुन् । एमालेमा माधव पक्ष मात्रै होइन ओली पक्षका नेताहरु पनि पार्टीलाई एक ढिक्कै राख्न चूनौती रहेको बताउँछन् तर त्यो चुनौतीलाई सहजै पार लगाउने र एमालेको जागरण सुरु हुने प्रतिक्रिया जनाउँछन् ।

दई पक्षबीच जारी खाडल पुर्नका लागि ओली र माधव पक्षका नेताहरुले कार्यदल बनाएरै अघि बढ्ने योजना बनाएका छन् । तर कार्यदल प्रभावहिन् बन्ने र अन्त्यमा शिर्ष दुई नेताकैबीचबाट सहमति खोजीने गरेको उदाहरण राजनीतिक दल त्यसमा पनि कम्युनिष्ट पार्टीमा नौलो होइन ।

एमालेमा मात्रै होइन, यसअघि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा हुँदा पनि पार्टीमा देखिएका समस्या समाधान गर्न कार्यदल बनेका थिए । नेता विष्णु पौडेल र रामबहादुर थापाको नेतृत्वमा दुईवटा कार्यदल बनेका थिए । ती दुवै कार्यदलले मिहिनेत गरेर प्रतिवेदन तयार पारे पनि कार्यदलको सुझावलाई कार्यान्वयन गर्न नेतृत्व तहले नै अनिच्छा प्रकट गर्दा पटक–पटक विवाद दोहरिरह्यो । नेकपाको एकता टुंग्याउन सुरुमा रामबहादुर थापाको नेतृत्वमा पनि कार्यदल बनेको थियो, त्यो कार्यदलले पनि कार्यदलभित्रै विवाद हुँदा पार्टी एकता प्रक्रिया नै लामो समयसम्म अड्किाइराख्यो । पार्टी एकीकृत भएकै बेला २०७६ सालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनेको थियो । सो कार्यदलमा रहेका खनाल, भीम रावल र प्रदीप ज्ञवाली तीनैजना अहिले एमालेमै छन् । तर, उनीहरुले बुझाएको प्रतिवेदन प्रधानमन्त्री केपी ओलीले सम्भवतः पल्टाएर हेर्न समेत जाँगर देखाएका छैनन् । त्यसो त कार्यदल बनाएर कम्युनिष्ट पार्टीभित्र विवाद समाधान भएको नदेखिएकाले एमालेमा दुवै पक्षले पार्टी एकतालाई मझबुद बनाउन एकअर्कामा कायम बैमनष्यता र पूर्वाग्रह त्याग्न जरुरी छ । उदारो भाकामा गरिएका सम्झौताले अन्ततः पार्टी सुदृढिकरणमा समस्या खडा हुने गरेको देखिन्छ ।