राजनीति

आफूपक्षीय नेतासहित ओली र नेपालबीच सिंहदरबारमा भेटवार्ता जारी


काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरूको उपस्थितिमा दोस्रो दिन पनि भेटवार्ता भइरहेको छ ।

कार्यदल सदस्यसहित ओली र नेपालबीच शुक्रबार साँझदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा छलफल जारी छ । वार्ताका लागि माधवकुमार नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट सिंहदरबार पुगिसकेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष ओली र उनी पक्षका नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, रामबहादुर थापा र विष्णु रिमाल उपस्थित छन् ।

हिजो बूढानीलकण्ठस्थित व्यापारी रामेश्वर थापाकोमा नेताद्वयबीच भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएको थियो ।