काठमाडौँ – अक्सिजन अभाव कै कारण दिनहु कोरोना संक्रमितको मृत्युको खबर आईरहेको छ । अक्सिजन उत्पादन उद्योगहरुमा बिजुली आपूर्ति अनियमित भएको गुनासो आएसँगै प्रधानमन्त्रीका विकास विज्ञसहित नेपाल विद्युत प्राधिकरणको टोलीले राजधानीका ग्यास उद्योगहरुको निरीक्षण गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोलीले लगनखेलको सगरमाथा अक्सिजन, लुभुको सोपान अक्सिजन र हरिसिद्धिको अर्को एक अक्सिजन उद्योगमा पुगेर विद्युत आपूर्तिको व्यवस्थापनबारे जानकारी लिएको हो । कुनैपनि उद्योगहरुमा बाहिर चर्चा गरिएजस्तो विद्युत आपूर्तिमा समस्या नदेखिएको निरीक्षणमा संलग्न भएका विकास विज्ञ थपलियाले जानकारी दिए । उनका अनुसार ग्यास उत्पादनका लागि विद्युत आपूर्तिमा कुनै समस्या नरहेको तर उत्पादनपछिको वितरणमा भने केही समस्या देखिएको छ ।
पछिल्ला दिनमा महामारीले अक्सिजनको माग बढ्न थाले पछि उद्योगहरु २४ घण्टा नै चलिरहेका छन् । तर ग्यास उत्पादनमा बिजुलीको आपूर्तिको समस्या भएको जन गुनासो आइरहेको थियो ।
प्रतिक्रिया