राजनीति

यसरी सम्भव भयो ओली – खनाल–नेपाल समूहबीच एकता, सहमतिको सुत्र चै यस्तो (भिडियोसहित)


काठमाडौँ – तत्कालीन नेकपाका अध्यक्षसमेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुष पाँच गते संसद् विघटन गरिसकेपछि ओली र खनाल–नेपालबीच चुलिएको मनमुटावदेखि अदादतको ०७५ जेठ ३ पूर्वको अवस्थामा फर्कने फैसला हुँदै एमाले विभाजनसम्मको अवस्थामा आइसकेको बेला अन्तिम समयमा आएर ओली – खनाल–नेपाल समूहबीच अहिले एकाएक एकता हुने सम्भावना देखिएको छ । सबै राजनीतिक विश्लेषकले एमाले फुट्ने संघारमा पुगिसकेको आँकल गर्दा ०७८ वैशाख ३० गते एकता सम्भव रहेको हरियो झण्डा फहरियो र हाललाई पार्टी फुट्नबाट बच्यो ।

योहो टेलिभिजनको नियमित कार्यक्रम योहो बहसमा नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले विघटनदेखि अहिलेको अवस्थासम्म आउनुसम्म चर्चा गर्नु भएको छ । त्यसमा प्रयोग भएको सहमतिको सूत्र केके थियो ? कसरी यो सम्भव भयो भन्ने बारेमा यस भिडियोमा बताउनु भएको छ ।

पूरा भिडयो हेर्नुहोस् ।