राजनीति

मध्यरातमा प्रधानमन्त्री बनेका ओलीको शपथ आज


काठमाडौँ – नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि शुक्रबार (आज) पद तथा गोपनियताको शपथ लिँदै छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार शपथ आज अपरान्ह हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३०) अनुसार संसद्को सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई बिहीबार मध्यरात हुनै लाग्दा प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । त्यसपछि स्वतः पदमुक्त भएका ओली दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैको दाबी नपरेपछि पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।

‘राष्ट्रपतिज्यूले संविधानको धारा ७६ उपधारा ३ अनुसार प्रधानमन्त्रीमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका नेता केपी शर्मा ओलीलाई नियुक्त गर्नुभएको हो,’ प्रवक्ता तथा सहसचिव भट्टराईले भने ।

राष्ट्रपति भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठनका लागि दलहरुसँग आह्वान गरे पनि बिहीबार ९ बजेको समयसीमाभित्र कुनै दलले पनि दाबी प्रस्तुत गरेन। बहुमतको दाबी कसैले नगरेपछि ओलीलाई सबैभन्दा ठूलो दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्री पदमा सत्तारोहण गर्ने अवसर जुटेको हो।