कोरोना विशेष

कोरोनाका कारण साहित्यकार कोइरालाको निधन


काठमाडौँ – साहित्यकार, विभिन्न ग्रन्थका सम्पादक, बौद्धिक व्यक्तित्व, जीवनचन्द्र कोइरालाको कोरोना सङ्क्रमणका कारण ६१ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार दिउँसो १२स्३० निधन भएको हो ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्यसमेत रहेका उनलाई दुई साता अघि संक्रमित भएको थियो । कोरोना लाग्नासाथ निजामती अस्पतालमा उपचार गराए पनि पछि धुलिखेल अस्पतालमा आर्इसीयूमा भर्ना गरिएको थियो । उनका श्रीमती र दुई छोरी छन्।