राजनीति

राष्ट्रपति र जसपाका दुई नेताबीच भेटवार्ता


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका छन् । जसपाका दुई नेताले बुधबार राष्ट्रपति भवन शीतलनिवास पुगेर भण्डारीलाई भेटेका हुन् ।

सो भेटमा आफ्नो पार्टी वैकल्पिक सरकारको पक्षमा नरहेको र अर्का अध्यक्ष उपेन्द्र यादवले सरकार गठनका लागि पार्टीको सिफारिस ल्याएमा नमान्न समेत ठाकुर र महतोले आग्रह गरेका छन् । यादव दोस्रो वरियताको अध्यक्ष भएको र निर्वाचन आयोगमा समेत ठाकुरकै हस्ताक्षर चल्ने जानकारी ठाकुर र महतोले राष्ट्रपतिलाई गराएका थिए। राष्ट्रपतिलाई भेट्नु अघि ठाकुर र महतो दुवैले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गरेका थिए।