कोरोना विशेष

वाग्मती प्रदेशमा पनि कोरोनाको जोखिम बढ्दो


काठमाडौँ – कोरोनाको दोस्रो लहरसँगै नेपालमा यसले झनै महामारीको रुप लिदै छ । एकै दिन वाग्मती प्रदेशमा ३४ जना कोरोना संक्रमितको मृत्यु हुनुले पनि यसको पुष्टि गर्छ । देशको राजधानी भएको र तीन ठुला महानगरपालिका भएको क्षेत्र वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिन ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौंमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुईरदुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एकरएकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिए ।