राजनीति

सभापति देउवाले बोलाएको विभिन्न दलको बैठक स्थगित,पहिले पार्टीको बैठक बस्ने


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि बोर्लाको बैठक स्थगित भएको छ । उले आज दिउँसो दुई बजेका लागि बूढानिलकण्ठमा बोलाएको बैठक स्थगित भएको हो। देउवाले नेकपा माओवादी केन्द्र, जसपा र एमालेको माधव समूहका नेताहरुसँग आफ्नो निवास बूढानीलकण्ठमा बोलाएका थिए ।

कांग्रेसको पौडेल पक्षले पहिले पदाधिकारीको बैठक डाकेर मात्रै अरु दलसँग छलफल गर्नुपर्ने अडान लिएपछि २ बजेका लागि तोकिएको विपक्षी गठबन्धनको बैठक स्थगित भएको हो। सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले गठबन्धनको बैठक स्थगित गरी पदाधिकारी बैठक बोलाएका छन्। दिउँसो ३ बजे सभापतिको निवासमा पदाधिकारी बैठक बस्ने उनले बताए। अन्य दलसँगको छलफलको समय टुंगो लागेको छैन।

केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरिसकेको छ । उनले संविधानको धारा (७६) को २ बमोजिम वैकल्पिक सरकार गठनको आह्वान गरेको हो । अब नयाँ सरकार बनाउनका लागि दलहरुलले ३० गतेभित्र दावी गर्नुपर्ने छ ।
हिजोराति नै जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले विज्ञप्ति निकाल्दै आफूहरु नयाँ सरकार बनाउने पक्ष नरहेको बताईसकेको छ भने जसपाकै अर्का अध्यक्ष डा.बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओली नेतृत्वको वर्तमान सरकारलाई विदा गरेर नयाँ सरकार गठनको प्रयासमा खुलेर लागेका छन् । यी दुई नेताले सोमबार विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।