राजनीति

मलाई मत दिए प्रतिनिधिसभा विघटन हुँदैन : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मत दिए प्रतिनिधिसभा विघटन नहुने बताउनु भएको छ ।
प्रतिनिधिसभा बैठकमा केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलिएको भन्द्यै प्रश्न उठाएपछि ओलीले आफूलाई मत दिए संसद फेरि विघटन नहुने बताउनु भएको हो ।

ओलीले आफूलाई ५ वर्षकै म्यान्डेट जनताले दिएको र त्यही कारण राजीनामा नदिएको पनि बताउनुभयो । ‘संसद विघटन होला कि भन्ने फेरि चिन्ता छ, ए बाबा मत दिम, कसरी विघटन हुन्छ ? आफू मत नदिइ नदिइकन विघटनतिर धकेल्ने, अनि अर्कालाई अवजस लगाउने ?

’ओलीले भने, ‘भीरको टाउकाबाट हामफाल्ने अनि गुरुत्वाकर्णलाई दोष लगाउने ? ’ भाषा एउटा व्यवहार अर्को गर्न नहुने भन्दै ओलीले संसदको स्थायित्व बचाउन पनि चेतावनी दिनुभयो ।