Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

एसईई र कक्षा १२ को परीक्षा स्थगित


काठमाडौँ –राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई र कक्षा १२ परीक्षा स्थगित गरेको छ । सोमबार भर्चुअल माध्यमबाट बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई र कक्षा १२ परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
यसअघि बोर्डले एसईईको परीक्षा जेठ १३ गतेदेखि र कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि शुरू हुने तालिका सार्वजनिक गरेको थियो । तर, विश्वभर फैलिरहेको कोरोना भाइरसको दोस्रो लहुरले नेपाललाई पनि आक्रान्त बनाइरहेका हुँदा परीक्षा स्थगित भएको हो । नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएपछि र देशका विभिन्न ठाउँमा निषेधाज्ञा लागु गरिएको छ । जसका कारण अहिले नेपालमा सबै शैक्षिक संस्था बन्द छ ।
अब स्थगित भएको परीक्षा कुन मोडालिटीमा कहिले सञ्चालन गर्ने बारे बोर्डले १५ दिन भित्रमा निर्णय गर्ने बताइएको छ ।