राजनीति

ह्वीप उल्लङ्घन गर्नेलाई पार्टीले कारवाही गर्छ : प्रमुख सचेतक भट्टराई


काठमाडौँ — नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यदि प्रतिनिधिसभामा ह्वीप उल्लङ्‍घन गरेमा क्षम्य नहुने बताएका छन् ।संसदीय व्यवस्थामा ह्वीप उल्लङ्‍घन गम्भीर अपराध भएकाले त्यसलाई उल्लङ्‍घन गरेमा अक्षम्य हुने र पार्टी केन्द्रीय कमिटीले कारबाही गर्नेसमेत उनले बताए ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्ने प्रस्ताव राख्दा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले अनुपस्थित हुने निर्णय गरेपछि प्रमुख सचेतक भट्टराईको यस्तो प्रतिक्रिया दिएका हुन् । ‘ह्वीप जहाँ पायो त्यहाँ, जे पायो त्यहीँ विषयमा जारी हुन्न,’ भट्टराईले भने, ‘खास–खास विषयमा गम्भीर रूपमा जारी हुन्छ । त्यो पालना गर्नैपर्छ । ह्वीप उल्लङ्‍घन क्षम्य हुँदैन । त्यसमा कुन प्रकृतिको कारबाही भन्ने त पार्टीले निर्णय गर्छ ।’