काठमाडौँ – कोरोना नियन्त्रणमा नआएपछि दिल्लीमा लकडाउन एक साता थप गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार पत्रकार सम्मेलनमा दिल्लीमा १० मे मा समाप्त हुने भनिएको लकडाउन १७ मे बिहानसम्म थपिएको जानकारी दिएका हुन् ।
केजरीवालले यसपटक लकडाउन थप कडा हुने बताएका छन् । दिल्लीमा सोमबारदेखि रेल सेवा पनि बन्द गरिने भएको छ । त्यस्तै केजरीवालले सबैभन्दा ठूलो समस्या दिल्लीमा अक्सिजनको देखिएको बताएका छन् ।
प्रतिक्रिया