Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

गठबन्धनले उम्मेदवार टुंग्याए : एमाले छलफलमै व्यस्त


काठमाडौँ – वाग्मती प्रदेशमा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन हुँदै छ । तर सत्तारुढ दल नेकपा एमालेले आफ्नो उम्मेदवार भने टुङ्ग्याएको छैन ।

राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र वाग्मती प्रदेशमा साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने निर्णय गरेका छन् । तर नेकपा एमाले भने उम्मेदवार छनोट गर्नमै व्यस्त रहेका छन् ।

सत्तारुढ दल एमाले रामबहादुर थापालाई उम्मेदवार बनाउने तयारीमा छ । थापालाई उम्मेदवार बनाउँदा जित्न सक्छन् कि सक्दैनन् भनेर एमालेले मतको आन्तरिक हिसाबकिताब गरिरहेको छ । थापाले जित्ने सुनिश्चितता नदेखिए एमालेले अर्को उम्मेदवार खडा गर्ने सम्भावना छ ।

त्यसैगरी, लुम्बनी प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्यको निर्वाचन जेठ १७ मा हुँदै छ । त्यसका लागि जेठ १ देखि ९ सम्मको निर्वाचन कार्यतालिका आयोगले तयार गरेको छ । राजधानी तोकिएको दाङमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ निर्वाचित भएको क्षेत्र हो यो ।