Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

वैशाख २५ मा कांग्रेसले बोलायो संसदीय दलको बैठक


काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ ।

कांग्रेसले वैशाख २५ गते शनिबार दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । त्यस्तै संसद बैठक वैशाख २७ गतेका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनेपछि संसद अधिवेशन बोलाइएको हो ।

बुधवार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकमा कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने स्पष्ट पारिसकेको छ । कांग्रेसको आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी पनि छ । कांग्रेस संसदीय दलको बैठक वानेश्वरस्थित ल्होत्से हलमा राखिएको छ ।