Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

कोरोना संक्रमितलाई सहयोग गर्न कांग्रेसका पाँच नेता छलफलमा


काठमाडौँ – नेपाली कांग्रेसका नेताहरुले कोरोना संक्रमितहरुलाई सहयोग गर्नका लागि बिहीबार प्रकाशमान सिंहको घरमा छलफल गरेका छन् । काठमाडौँ उपत्यकाभित्र पनि कोरोना संक्रमित दिनप्रतिदिन वृद्धि भइरहेका बेला उनीहरूलाई सहयोग गर्न नेपाली कांग्रेसका सांसदहरू छलफलमा जुटेका हुन् ।

कोरोनाको उच्च जोखिमका बेला आवश्यक सेवा के कसरी जनतामाझ पुर्‍याउन सकिन्छ भनेर आफूहरूले छलफल गरेको नेता सिंहले जानकारी दिनुभयो । अर्का सांसद भीमसेनदास प्रधानले कोरोना रोकथाम तथा नियन्त्रण गर्न र समस्यामा परेका जनतालाई सहयोग गर्नेबारे जनप्रतिनिधिहरू छलफलमा जुटेको बताउनु भएको हो ।

छलफलमा पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका सांसद गगन थापालगायत प्रकाशमान सिंह,भीमसेनदास प्रधान, दिव्यराज भण्डारी, र राधेश्याम अधिकारी गरी पाँच जना सहभागी भएका छन् ।