Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

प्रतिनिधिसभाका ४ सांसद र ३ कर्मचारीलाई कोरोना पुष्टि


काठमाडौँ –बुधबार सबै प्रतिनिधि सांसदहरुको पीसीआर परिक्षण गरिएकोमा प्रतिनिधिसभाका ४ सांसद र संसद् सचिवालयका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संघीय संसदका प्रवक्ता डा.रोजनाथ पाण्डेका अनुसार बुधबार पीसीआर परिक्षणका लागि स्वाब संकलन गरिएकोमा ४ जना सांसद र ३ कर्मचारीलाई भाइरस संक्रमण भएको हो ।
संक्रमित सांसदलाई संसद् बैठकमा बस्ने व्यवस्था गर्ने वा नगर्ने र प्रधानमन्त्रीले विश्वासको मत माग्दा मत व्यक्त गर्ने व्यवस्था कसरी मिलाउने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको छ । अधिवेशन सुरु हुनुअघि सांसदहरुको पीसीआर परिक्षण गरिएको हो । हिजो गरिएको स्वाब परिक्षणको सबै रिपोर्ट आइसकेको छैन ।