Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

स्थायी कमिटी बैठक लगत्तै ओली शीतलनिवासमा


काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुग्नु भएको छ । आज बिहान बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठक सकिएलगत्तै ओली राष्ट्रपति भवन शीतलनिवास पुग्नु भएको हो ।
अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल भइरहेको छ । बिहीबार बिहान बालुवाटारमा एमाले स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुनगइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो तर्फको उम्मेदवारको जित सुनिश्चित गर्ने गरी छलफल अगाडि बढाउने निर्णय गरेको छ।
बैठकमा जेठ ६ गते हुन गइरहेको निर्वाचनका विषयमा छलफल गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनु भयो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष उपनिर्वाचनमा आफ्नो उम्मेद्‌वार भनेर यसअघि रामबहादुर थापा बादलको नाम घोषणा गरेका थिए। तर, बिहीबारको बैठकपछि भने उम्मेदवार पछि टुंगो लगाउने परराष्ट्र मन्त्रीसमेत रहेका प्रवक्ता ज्ञवालीले जानकारी दिनुभएको छ ।