Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

विश्वासको मत प्राप्त गर्न दलहरुसँग छलफल गर्ने


काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । बालुवाटारमा आज आकस्मिक बसेको स्थायी समितिको बैठकपछि नेताहरुले बैठकबारे यस्तो जानकारी दिएका हुन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख २७ गते संसद्बाट विश्वासको मत लिन लाग्नुभएको हो ।
त्यसअघि ओलीसहित एमाले नेताले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग बुधवार बुढानीलकण्ठ पुगेर विश्वासको मत मागेका थिए । तर काँग्रेसले विश्वासको मत दिन नसकिने स्प्रष्ट बताएको छ। प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिन नसके अरूले बहुमतको सरकार बनाउने अवस्था पनि नरहने भन्दै चुनावमा जानुपर्ने तर्क अगाडि सार्नुभएको छ ।