Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

कांग्रेस छिट्टै चुनाव चाहन्छ : नेता नेम्वाङ


काठमाडौँ –नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले प्रतिपक्षी नेपाली कांग्रेसले छिट्टै निर्वाचन चाहेको बताउनु भएको छ । नेता नेवाङले कांग्रेस जतिसक्दो चाँडो निर्वाचन हुनुपर्ने पक्षमा रहेको प्रतिक्रिया दिनुभएको हो ।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुबीच भएको भेटपछि कांग्रेसको मनोदशा विश्लेषण गर्दा छिट्टै निर्वाचन होस् भन्ने रहेको नेम्वाङले बताउनु भयो ।
संसद्मा विश्वासको मत लिन यही वैशाख २७ गतेको मिति तय गरेको छ । त्यसै क्रममा ओलीले विश्वाको पक्षमा मतदान गर्न हिजो बुधबार पार्टीका नेताहरुसहित सभापति देउवाको निवासमा छलफल गर्न पुग्नु भएको थियो । तर, देउवाले आफूहरु प्रतिपक्षी दल भएकाले विश्वासको मतको विपक्षमा नै उभिने बताउनुभएको थियो ।
छलफलमा एमाललेको तर्फबाट प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, एमाले नेता सुवास नेम्वाङलगायतका सहभागी हुनुहुन्छ भने कांग्रेसको तर्फबाट देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महतलगायत छलफलमा सहभागी हुनुहुन्थ्यो ।