Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

खेलकुद

म्याड्रिडलाई पराजित गर्दै चेल्सी फाइनलामा


काठमाडौँ –स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गर्दै इंलिस क्लब चेल्सी यूईएफए च्याम्पियन लिगको फाइनला पुगेको छ । सेमिफाइनलको दोस्रो लेगमा रियललाई २–० ले हराउदै चेल्सी फाइनलमा पुगेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउनको लागि फरवार्ड टिमो वेर्नर र मिडफिल्डर मेसन माउन्टले गोल समान एकरएक गोल गरे । चेल्सीले दुवै हाफमा एकरएक गोल गरेको थियो । योसँगै चेल्सीले समग्रमा ३–१ को जित निकालेको छ । यसअघि भएको पहिलो लेगमा यी दुवै टोलीले १–१को बराबरी खेलेका थिए ।

खेलको २९ औं मिनेटमा जर्मन फरवार्ड वेर्नरको गोलमा चेल्सीले अग्रता लिएको थियो । काइ हाभर्ट्जको चिप प्रहार क्रसबारमा लाग्दै फर्केपछि वेर्नरले त्यसै बललाई खाली पोस्टमा हेडरमार्फत गोल गरेका थिए ।

खेलको ८५ औँ मिनेटमा माउन्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । उनले क्रिस्टियन पुलिसिचको पासमा गोल गरेका थिए । त्यसपछि बाकीँ समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल चेल्सीले जित्त्यो ।

चेल्सीले अब मे २९ मा हुने फाइनलमा इंग्लिस प्रिमियर लिगकै म्यानचेस्टर सिटीको सामना गर्नेछ । सिटीले यसअघि नै पीएसजीमाथि ४–१ को जित हात पार्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।