कोरोना विशेष

नवलपरासीको दर्दनाक घटना, एम्बुलेन्स नपाएर संक्रमित मरेपछि मेयरलाई स्थानीयले गाडी चढ्न दिएनन् (भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशबासीका नाममा सम्बोधन गर्दै नागरिकको जीवन रक्षा सरकारको दायित्व भएको बताए । तर सरकारकै हेलचेक्राईँले नागरिक अकालमै मर्न बाध्य छन् । यस्तै एक अप्रिय घटना नवलपरासी पुर्वमा घटेको छ ।

घटना साह्रै दर्दनाक र अप्रिय छ । केही व्यक्तिले काठको मुढो उठाएजसरी एक व्यक्तिलाई उठाउँछन् र ट्याक्टरको ट्रलीमा घिसार्दै राख्छन् । अचेत अवस्थामा रहेका व्यक्तिको टाउको फलामको ट्रलीमा जोडले ठोकिन्छ । वरीपरी रहेका मानिसहरु नै झसङ हुन्छन् । र यो अवस्था देखेर नेताहरुलाई दुत्कार्छन् । नवलपरासी पुर्व देवचुलीका एक ६८ वर्षिय वृद्धको एक्कासी स्वास्थ्यमा समस्या देखापरेपछि आफन्तले एम्बुलेन्सको खोजी गरे । तर केहीले बाहिर भएको बाहना निकाले भने केहीले कोरोना संक्रमित भन्दै बोक्न नमानेपछि उनलाई फोहोर बोक्ने ट्याक्टरकै ट्रलीमा राखेर लगियो । तर विडम्बना, अस्पताल पुग्न नपाउँदै उनको मृत्यु भयो । वैशाख २० गते गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेशनमा बसेका थिए । तर सोमबार स्वास फेर्नै मुस्किल भएपछि घरबाट ५ सय मिटर पर रहेको दुम्कौली अस्पतालमा पु¥याउन आफन्तीले हरसम्भव प्रयास गरे । तर एम्बुलेन्सको जोहो हुन सकेन । नगरपालिकाभित्र ८ वटा एम्बुलेन्स छन् । तर यी संक्रमितका लागि कुनै एमबुलेन्स काममा आएनन् ।

घटनापछि आक्रोशित स्थानीयले अहिले नगरपालिका मेयर र उपमेयरलाई गाडी चढ्नै रोक लगाईदिएका छन् भने कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् । अत्यावश्यक परेको अवस्थामा मेयर पूर्णकुमार श्रेष्ठ अथवा उपमेयरकै गाडीमा राखेर पनि उनलाई अस्पतालसम्म पु¥याउन सकिन्थ्यो । तर राजा छाटेराजाको ठाठमा रहेका उनीहरुको ध्यान त्यसतर्फ त थिएन नै कोभिडका विरामीका लागि सामान्य व्यवस्थापन गर्न नसक्दा नागरिक अकालमा मरिरहेका छन् । अवस्था यस्तो भएपनि जनप्रतिनिधिहरु कोभिडको लडाईँमा कुनै कसर बाँकी नराख्ने गरी काम भइरहेको बताउँछन् । कोभिडकै बढ्दो संक्रमणका बीच सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै भनेको थिए, नागरिकको जीवन रक्षा नै सरकारको प्रमुख दायित्व हो । तर सरकारकै प्रतिनिधिहरु दायित्वबाट पन्छिएर नागरिक मर्दा उनको बोली अभिशाप बन्न पुगको छ । देशभरका प्रत्येक गाउँपालिका र नगरपालिकामा मेयर र उपमेयरहरु महंगामहंगा गाडी चढ्छन् । संकटका बेला तिनै गाडीहरुलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न सकिन्छ । तर कठै त्यसतर्फ कसको ध्यान जानु रु राजनीतिक सभा समारोह हुँदा गाडीका गाडी मानिस ओसारपोसार गर्ने राजनीतिक दल र तिनका नेताहरुले संकटका बेला रमितेमात्रै बनेका छन् ।