Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

ओली र देउवाबीचको छलफल सकियो, ओलीलाई सहयोग गर्न नसक्ने कांग्रेसको जवाफ


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफल सकिएको छ । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गर्नुभएको छ ।

सरकार गठनका विषयमा विपक्षी गठवन्धन निर्माण भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति बुधबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरुलाई भेट्न देउवाको निजी निवास बुढानीलकण्ठ पुग्नुभएको थियो । आजको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेपनि देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने बताउनुभयो ।

ओली र देउवाबीचको छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए भने काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।