Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

राष्ट्रपति विद्यादेवी भण्डारीबाट ७ वटा अध्यादेश जारी


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीबाट सात वटा अध्यादेश जारी भएको छ । भण्डारीले संवैधानिक परिषद सम्बन्धीको अध्यादेश तेस्रो पटक जारी गर्नुभएको हो ।

यसअघि बैशाख ८ गते र मंसिर ३० गते दुईपटक संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भइसकेको थियो। तर, अध्यादेश विवादमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ८ मा ल्याएको अध्यादेश फिर्ता लिनुपरेको थियो। मंसिर ३० मा अध्यादेश ल्याएर संवैधानिक निकायमा नियुक्ति गरिएको थियो। उक्त नियुक्तीपनि विवादित भएको थियो।


आज जारी अन्य अध्यादेशमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधी ९तेस्रो संशोधन० अध्यादेश, २०७८, सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० ९पहिलो संशोधन० अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७८ छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।