राजनीति

एमसीसी पास गर्न ओली, देउवा र प्रचण्ड एकमत (भिडियोसहित)

देउवाले प्रचण्डलाई सहमतिमा ल्याए, के अमेरिकी सेना नेपाल आउँछ ?


काठमाडौँ – सबैभन्दा विवादित र जनताप्रति त्रास साँधेको विषय हो एमसीसी सम्झौता ।अमेरिकाले करिब ५५ अर्बको सहयोग गर्ने यो विषयमा दलहरुबीचको मतभिन्नताले विवाद पेचिलो बन्दै गएको छ । तर एमसीसी मुद्वामा ओली, देउवा र प्रचण्डको एकताले पारित हुने सम्भावना बलियो हुँदै गएको छ ।

गत वर्षको सबैभन्दा विवादित र राजनीतिक उथुलपुथल मच्चाएको विषय हो एमसीसी सम्झौता ।अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कार्पेरेशन (एमसीसी) पास गर्न राजनीतिक दलहरुबीच देखिएको मतभिन्नताले यो विषय संसद्मै अड्किएर बसेको छ । जसलाई पास गर्न एमाले र कांग्रेस अहिले जोडतोडले लागिपरेका छन् ।

आफ्नै पालामा सम्झौता भएको एमसीसी जसरी पनि पास गर्नुपर्ने मत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी पास गराउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहमत भएको बताएका छन् ।

एमसीसी पास गर्न सबैभन्दा धेरै हतारो कांग्रेस सभापति देउवालाई नै छ ।देउवाकै दबाबमा प्रधानमन्त्री केपी ओलीले समेत एमसीसीका विषयमा राष्ट्रिय सहमति जुटाउने प्रयास गर्दै आएका छन् ।प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको निकटतामा धेरै हदसम्म एमसीसी सम्झौताजोडिएको छ । तर यी दुबैका लागि अहिले सभामुख अग्निप्रसाद सापकोटा र माओवादी केन्द्रका अध्यक्ष दाहाल चुनौती बनेका छन् ।

किनकि सभामुख सापकोटा एमसीसी सम्झौतालाई संसदीय प्रक्रियामा अघि बढाउन अन्कनाई रहेको छन् ।प्रचण्डकै तजबिजमा सापकोटाले पदीय मर्यादा भुलेको भन्दै प्रधानमन्त्री ओली सभामुखसँग असन्तुष्ट रहँदै आएका छन् । तर अहिले प्रधानमन्त्रीविरुद्धको नयाँ राजनीतिक समीकरणका खातिर प्रचण्डले आफ्नो अडान लिलाम गरेर कांग्रेस सभापति देउवासँग सरकारविरुद्ध अविश्वास प्रस्ताव अघि बढाउन शर्तमा एमसीसी पारित गर्न सहमत भएपछिएमसीसी सदनमा निणायर्थ पेश हुने बातावरण बनेको छ ।

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्झौता भए पनि सत्तारूढ दलभित्रकै विवाद र राजनीतिक घटनाक्रमले एमसीसी रोकिँदै आएको छ ।सम्झौतामाथि अध्ययन गर्न तत्कालिन नेकपामा झलनाथ खनाल नेतृत्वकोकार्यदल बनेको थियो ।

कार्यदलले हुबहु पास गर्न नसकिने प्रतिवेदन दिएपछि यो विषय झनै अनिश्चित बनेको थियो ।एमसीसीमा विवाद हुनुको मुख्य कारण परियोजना अमेरिकाले इण्डो–प्यासिफिक स्ट्राट्जीको अङ्गका रुपमा अघि सा¥यो भनेर हो । जुन सम्झौता भए स्वतः अमेरिकी सैनिक गठबन्धनमा सामेल हुने, देशको सार्वभौमसत्तामा आँच आउने र असंलग्न परराष्ट्र नीतिको बर्खिलाप हुने भन्दै विरोध भइरहेको छ । तर विश्लेषकहरु यो यही सत्य नभएको बताउँछन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस एमसीसीको पक्षमा उभिए पनि साना दलहरु यसको विरोधमा छन् । नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) सहित १० राजनीतिक दल तथा संगठनले एमसीसी सम्झौता खारेज गर्न सरकारसँग माग गरिरहेका छन् । उनीहरुले एमसीसी सम्झौतालाई ‘राष्ट्रघाती’ भन्दै प्रचार गरेका छन्, यो पनि प्रधानमन्त्री ओलीका लागि टाउको दुखाइको विषय बनेको छ । तर अहिले ओली, देउवा र प्रचण्ड एमसीसीको सम्झौताप्रति एक बन्दै गएकाले यसलाई पास हुनबाट रोक्ने सम्भव देखिदैन । किनकि यी तीन दल मिले एमसीसी सहजै पारित हुनेछ ।

अहिले कोरोनाभाइरसको महामारीले देश विकराल अवस्थामा पुगेको छ । दलहरु मिलेर राष्ट्रिय सहमतिका साथ अघि बढी नागरिकको जीवन रक्षा गर्न लाग्नुपर्नमा दलहरु राजनीतिक अभिष्ट पुरा गर्नकै लागिएमसीसीको पछी दौडिनु भने नेपाली जनताका लागि दुखद् पक्ष हो ।