Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

निषेधाज्ञा जारी हुने जिल्लाको सख्या २९ पुग्यो

काठमाडौँ उपत्यकाको निषेधाज्ञामा थप कडाइ


काठमाडौँ – कोरोना महामारीको दोस्रो लहर तीब्र रूपमा बढेपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ ।
गृह मन्त्रालयका अनुसार हालसम्म २९ जिल्लाले निषेध आदेश जारी गरेका छन् । २३ जिल्लामा पूर्ण र ६ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको मन्त्रालयले जनाएको छ । २१ जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ भने ८ जिल्लामा आजरातिबाट निषेधाज्ञा लागू हुने छ । सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाडौं उपत्यका तथा तराईमा पाँच सय सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको छ । यसैबीच, काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आजदेखि थप कडाई गरिएको छ । बिहानैदेखि चोक–चोकमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।