Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

खेलकुद

धनगढी एनएसएलको शीर्ष स्थानमा


काठमाडौँ – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा एफसी चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक एक गोल गरे । खेलमा धनगढीका निशान लिम्बु प्लेयर अफ दि म्याच चुनिए । यो जितसँगै धनगढीले ४ खेलमा ७ अंक जोडेको छ । धनगढीको यो दोस्रो जित हो । चितवनको भने यो पहिलो हार हो । चितवनले ३ खेलमा २ अंक जोडेको छ ।