Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

संक्रमितका लागि अस्पतालमा शैया छैन भन्नु लज्जास्पद : कांग्रेस प्रवक्ता शर्मा


काठमाडौँ – नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भन्ने सरकारको भनाई लाचारी र लज्जास्पद भएको बताएको छ ।

शनिबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले न्युज एजेन्सी नेपाल सँग कुरा गर्दै सरकारले जटिल परिस्थितिमा गम्भिरताका लागि अपिल गर्नु राज्यको कर्तव्य भएपनि कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैय्या छैन भन्नु लाचारी र लज्जास्पद भएको बताउनुभएको हो ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी कोरोना संक्रमण तिव्र गतिमा फैलिएको र संक्रमितको उपचारका लागि शैया उपलब्ध गराउन नसकिने अवस्था आएको भन्दै नागरिकहरु आफै संक्रमणबाट जोगिनुपर्ने अपिल गरेको गरेको थियो । स्वास्थ्य मन्त्रालयको यस्तो अपिलको नेपाली कांग्रेसले विरोध गरेको हो । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता शर्माले अहिलेको परिस्थिति आउनुमा प्रधानमन्त्री केपी शर्मा ओली दोषि भएको बताउनुभयो । सरकारले समयमै विषयप्रतिको गम्भिरता प्रस्तुत नगर्नु र दुरदर्शिता नराख्नुका कारण आजको परिस्थिति आएको उहाँको भनाई छ ।

उहाँले भन्नुयो – ‘सरकारले समयको सदुपयोग गर्न सकेन् । सत्ताको द्धन्द गरेर गुजा¥यो । मन्त्रीको संख्या थपेर गुजा¥यो । मन्त्रीको संख्या बढाउने, भेन्टीलेटरको संख्या नबढाउने, मन्त्रीको कुर्सि थप्ने सरकार बचाउन तर जनताका जिवन बचाउन अस्पतालमा बेड नथप्ने यो कर्म गरिसकेपछि यो अवस्था आयो । यो परिस्थिति आउन सम्पूर्ण रुपले दोषि सरकार छ । समय हुँदै विषयप्रतिको गम्भिरता नराख्नु, दुरदर्शिता नराख्नु र गर्नुपर्ने पर्याप्त तयारी नगर्नु यो परिस्थिति उत्पन्न हुनुको दोष हो ।’

नेपाली कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपील गरेको छ । बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता के कति हो, अवस्था कस्तो छ भन्ने विषयमा सरकारले सार्वजनिक रुपमा स्पष्ट पार्नुपर्ने सरकारले समाजका सबै पक्षसँग चाहेको सहयोग के हो स्पष्ट पार्नुपर्ने प्रवक्ता शर्माले बताउनुभयो ।

शर्माले राज्य जिम्मेवारीबाट पन्छिने बेला नभएको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘जिम्मेवार राज्यको कर्तव्य बेड छैन भनेर अभावको गित गाएर पुरा हुँदैन । राज्यले छैन भने जुटाउने कसरी ? व्यवस्थापन गर्ने कसरी ? अर्बौ रुपैयाँ लगेर हामी चुनावमा खर्च गर्न तयार थियौ त, बेड खरिद गर्न लाखौँ, करोडौँ खर्च गर्न सकिन्न ? व्यवस्थापन गर्न सकिन्न ? त्यसकारण अहिले राज्यले हात उठाउने बेला भएको थिएन ।’

प्रवक्ता शर्माले सरकारलाई जिम्मेवार भएर कर्म गर्नका लागि सजग गराउनुभयो । केन्द्र सरकारसँगै प्रदेश सरकारका मुख्यमन्त्रीलाई पनि नेपाली कांग्रेसको तर्फबाट नागरिकको जिवन बचाउनका लागि जिम्मेवार भएर लाग्न सजग गराइएको उहाँको भनाई छ ।