Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

भारतीय नागरिकलाई अमेरिकी प्रवेशमा प्रतिबन्ध


काठमाडौँ – अमेरिकी सरकारले भारतबाट आफ्नो देश आउन प्रतिवन्ध लगाएको छ ।
भारतमा कोरोना महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेलाई अमेरिकामा प्रतिवन्ध लगाइएको हो । भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउनेसम्वन्धी निर्णयमा राष्ट्रपति जो वाइडेनले हस्ताक्षर गरेका छन् ।
अमेरिकी नागरिकलाई भने रोक लगाइएको छैन्, तर उनीहरु आएपछि भने कम्तीमा १४ दिन क्वारेन्टिइनमा बस्नु पर्ने व्यवस्था गरिएको पनि अधिकारीहरूले जनाएका छन् । भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउने निर्णय मे ४ देखि लागु हुने र यो निर्णय अस्थायी भएको जनाइएको छ । यसअघि अष्ट्रेलियाले पनि भारतीय र भारतमा रहेका आफ्ना नागरिकलाई पनि अष्ट्रेलिया प्रवेशमा रोक लगाइसकेको छ ।