Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद भएको कांग्रेसको टिप्पणी

लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा काम गर्न अपिल


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना संक्रमित बिरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद भएको टिप्पणी गरेको छ ।
संकटको बेलामा सरकारले नागरिकलाई ढाडस दिनुपर्नेमा सरकार गैह्रजिम्मेवार बनेको कांग्रेसको आरोप छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा बेड छैन भन्नु सरकारको इतिहासकै सबैभन्दा गैह्रजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार भएको बताउनुभएको छ । निरीहता र अयोग्यताले संकट पार लगाउन नसकिने उहाँको भनाइ छ । लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा काम गर्न र कोरोनाविरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न शर्माले अपिल गर्नुभएको छ ।