Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

पूर्वप्रधानसेनापति कटवाल १८ दिनदेखि अस्पतालमा उपचाररत


काठमाडौँ – पूर्वप्रधानसेनापति रुक्मांगद कटवाललाई कोरोना संक्रमण पुष्टि भएपछि उहाँ विगत १८ दिनदेखि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत हुनुहुन्छ ।

सैनिक जनसम्पर्क तथा निर्देशनालायका अनुसार कटवाललाई श्वासप्रश्वासको समस्या रहेको जनाएको छ । उहाँलाई अहिले अक्सिजन दिएर राखिएको छ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार अक्सिनज दिएर राखे पनि उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनु भएको छ ।
‘उहाँलाई अक्सिजन दिएर साधारण बेडमा राखिएको छ,’ प्रवक्ता पौडेलले भन्नुभयो , ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ।’